६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याइदै

<span class='c1'>६ जिल्लाका ७१ मतदान</span> <span class='c2'>स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याइदै</span>

। पहिलो चरणमा २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा प्रयोग भएका २६ जिल्लाका सबै मतपेटिका जिल्ला सदरमुकाममा संकलन भइसकेका छन् ।

अब बाँकी रहेका ६ जिल्लाका ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम ल्याउने कार्य भइरहेको छ ।निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार,  कूल २ हजार ९१७ मतदानस्थलमध्ये अब संखुवासभाका ९, भोजपुरका ६, डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५ र दार्चुलाका १ स्थल गरी जम्मा ७१ मतदान स्थलका मतपेटिकाहरु सदरमुकाममा संकलन हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

छ वटै जिल्लाका बाँकी मतपेटिकालाई पैदल मार्ग, सडक मार्ग र हवाई मार्गबाट ल्याउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्