सप्तरीमा सशस्त्र प्रहरीलाई लक्षित गरी राखिएको रिमोट बम निष्क्रिय

सप्तरीमा सशस्त्र प्रहरीलाई लक्षित गरी राखिएको रिमोट बम निष्क्रिय

सप्तरीको रञ्जितपुरस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयलाई लक्षित गरी विष्फोटको तयारीमा राखेको रिमोट बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

शक्तिशाली बम विष्फोट गराउने योजनाका साथ अज्ञात समुहले उक्त रिमोट बम राखेको प्रहरीले जनाएको छ । भीमदल गणको टोलीले बम निस्कृय पारेको हो । उक्त रिमोट बम सोमबार राति फेला परे पनि निष्क्रिय भने बिहान मात्र भएको सप्तरी प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । प्रहरीले सो क्षेत्रमा रिमोट बम राखिएको सुचना पाएपछि खोजतलास गरेको थियो ।त्यसैगरी प्रहरीले सप्तरीबाट २ किलो आरडीएक्ससहित २ जनालाई पक्राउ गरेको छ ।
अनुसन्धान बाँकी रहेको र केही अझै पक्राउ गर्नुपर्ने भएका कारण प्रहरीले पक्राउ परेका २ जनाको विवरण गोप्य राखेको छ ।

राजबिराज तथा त्यसको आसपासमा ठूलै बम विस्फोट गराउन सक्ने सूचना पाएर त्यहीअनुसार रणनीति बनाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्