काठमाडौं । नेपाली कांग्रेस दाङले आयोजना गरेको चुनावी सभालाई लक्षित गरी मंगलबार अपरान्ह बम विष्फोट गराइएको छ । कांग्रेसको कार्यक्रम स्थलदेखि दुई सय मिटर टाढाको दूरीमा बम विष्फोट हुँदा सातजना घाइते भएका छन् ।
विष्फोटमा परी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी बिसी, जोनी बिसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपति बुढाथोकी घाइते भएका छन् ।बम विष्फोटको पुष्टी दाङ प्रहरी प्रमुख एसपी दुर्गा सिंहले गरेका छन् । घटनामा केही घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।