जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

<span class='c1'>जिप दुर्घटना हुँदा</span> <span class='c2'>तीन जनाको मृत्यु</span>

कालीकोट (रासस) । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् ।

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मुगुबाट सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ ।

छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको बताइएको छ ।

घाइतेको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको बताइएको छ । जिप दुर्घटना के कति कारणले भएको हो भन्ने कुराको समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जिपको नम्बर प्लेटसमेत नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्