उदयपुरमा बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते

<span class='c1'>उदयपुरमा बम विस्फोट हुँदा</span> <span class='c2'>उम्मेदवारसहित चार जना घाइते</span>

उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् ।उदयपुरगढी नगरपालिका-६ मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनीसांसद बनेका थिए ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठका अनुसार बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको बुझिएको छ ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टाेली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ हेलिकोप्टरबाट सिधै काठमाडाैं पठाइने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।(अनलाइन खबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्