सिरहामा हत्यामा संलग्न एक आरोपी पक्राउ

<span class='c1'>सिरहामा हत्यामा संलग्न</span> <span class='c2'>एक आरोपी पक्राउ</span>

लहान—करिब डेढ महिनाअघि हत्या गरिएका सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुर निवासी ३६ वर्षीय शशीभूषणप्रसाद साहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मंगलबार साँझ साहको हत्या आरोपमा सिरहाको मिर्चैया नगरपालिका–१ रामपुरविर्ता निवासी २२ वर्षीय सोमन कापरीलाई पक्राउ गरेको हो।

साहको हत्यामा कापरीको संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि खोजतलास गर्ने क्रममा आफ्नै घरवतनमा लुकिछिपी बसिरहेको अवस्थामा कापरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए।

पक्राउ परेका कापरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक भेटवालले बताए। गत अजोज २६ गते आफ्नै घरमा सुतिरहेका साहको धारिलो हतियारले हत्या गरिएको थियो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्