बिराटनगरका युवा मोडल सजिद म्यान हन्ट २०१७ मा छनोट

बिराटनगरका युवा मोडल सजिद म्यान हन्ट २०१७ मा छनोट

बिराटनगरमा बिभिन्न सौन्दर्य प्रतियोगिताका आयोजक  साथै मोडलको रुपमा परिचित बिराटनगरका युवा साजिद आलम "प्रो-स्टाइल म्यान हन्ट २०१७" मा छनोट भएका छन् । मङ्सिर ९ गते काठमान्डौमा भएको अडिसनबाट उनि म्यान हन्ट २०१७   मा उत्कृस्ट १६ मा छानिएका  हुन् । "प्रो-स्टाइल म्यान हन्ट २०१७"   का छनोटकर्ता नायक अनुप बिक्रम शाही , प्रशान्त ताम्राकार  साथै रचना गुरुङले उक्त १६ जनालाई छानेका हुन्  ।

प्रतियोगिताको तालिम डिसेम्बर २ बाट हुने छ भने फिनाले डिसेम्बर २५ मा हुनेछ  । प्रतियोगितामा टप ३ प्रतिस्पर्धीले नेपालको प्रतिनिधित्व  गर्दै अन्तरास्ट्रिय प्रतिस्पर्दामा भाग लिन पाउने छन् । पुर्वान्चलबाट नै प्रतिनिधित्व गर्दै टप १६ मा परेका आलमले आवर बिराटनगर संग कुरा गर्दै आफु टाइटल   जित्ने  मा सक्दो कोशिस गरेर बिराटनगर  कै नाम राख्ने बताए  । उनि पुर्वान्चल कलेज प्रिन्स र प्रिन्सेसका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्