उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहद्वारा आगजनी

उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहद्वारा आगजनी

१४ मंसिर, धनगढी । कैलाली–२ ‘क’ का प्रदेशसभा सदस्य उम्मेदवार रतन थापाको निजी जीपमा अज्ञात समूहले आगजनी गरेका छन् ।

वाम गठबन्धनका साझा उम्मेदवार थापाको लम्की चुहा नगरपालिका स्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी भएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेका अनुसार, आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।

आगजनी कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।प्रहरीले आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको घिमिरेले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्