मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान

मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान

जितपुर । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यहाँ मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान गराइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै सोही चुनौतीलाई मध्यनजर गर्दै अहिले जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले मतदाता शिक्षालाई प्रभावकारी बनाउँदै लगेको हो ।

निर्वाचन कार्यालयले बुधबार यहाँका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ अभ्यास गराएको हो । कार्यालयले जिल्लाका ४१० मतदानस्थलमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।

निर्वाचनमा जिल्लाका विभिन्न स्थानमा खटिने कर्मचारीलाई कपिलवस्तु बहुमुखी क्याम्पसमा प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ । बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताए ।

नमूना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्