विदेशबाट आएको कलमा टेलिकमकै नम्बर देखिए ‘१८८’ मा खबर गर्न आग्रह

<span class='c1'>विदेशबाट आएको कलमा टेलिकमकै नम्बर देखिए</span> <span class='c2'>‘१८८’ मा खबर गर्न आग्रह</span>

नेपाल टेलिकमले विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु अनुरोध गरिएको छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ ।

उसले विदेशबाट अवैद्य मार्गबाट आउने गरेको कलबाट आफ्ना ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित भएको बताएको छ । यसले कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत भइदिन समस्त ग्राहकलाई आग्रह गरिएको छ ।

‘नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैद्य मार्गबाट आएको हुन्छ । यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुन्छ,’ टेलिकमको विज्ञप्तिमा भनिएको छ ।

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुने कम्पनीले जनाएको छ ।

ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अवैद्य कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्