विदेशमा ज्यान गुमाउनेका सन्तानलाई निःशुल्क प्राविधिक शिक्षा

<span class='c1'>विदेशमा ज्यान गुमाउनेका सन्तानलाई</span> <span class='c2'>निःशुल्क प्राविधिक शिक्षा</span>

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका एवं अंगभंग भएका तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिका सन्तानले अबदेखि निःशुल्क रूपमा प्राविधिक शिक्षा प्राप्त गर्ने भएका छन्।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले पहिलोपटक प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई तीन वर्षे सिभिल इञ्जिनियरिङ, नर्सिङ तथा कृषितर्फ डिप्लोमा तहको प्राविधिक शिक्षा र साधारण लेखपढ गर्न सक्ने पीडितका सन्तानलाई एक वर्षे प्राविधिक शिक्षा निःशुल्क रूपमा लिन पाउने व्यवस्था मिलाएको हो।

‘वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिका परिवारलाई सक्दो सहयोग पुर्‍याउन निःशुल्क रूपमा प्राविधिक शिक्षा लिन पाउने व्यवस्था मिलाएका हौं,’ बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘पहिलो चरणमा सुरु गरिएको कार्यक्रममा राम्रो सहभागिता भयो भने यो वर्षदेखि सुरु गरिएको कार्यक्रमलाई आगामी वर्ष अझै विस्तार गर्दै लैजाने छौं।’

आउँदो चैतदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको उक्त कार्यक्रम अन्तर्गत तीनवर्षे डिप्लोमा कोर्षका लागि एक सय २० र एकवर्षे पेसागत तालिमका लागि दुई सय कोटा निर्धारण गरिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा दिन प्रतिदिन बिदेसिनेको संख्या वृद्धि भएसँगै गन्तव्य मुलुकमा मृत्यु तथा अंगभंग हुनेको संख्या तीव्र रूपले बढिरहेको छ ।

वैदेशिक रोजगारीको क्रममा निधन भएका तथा अंगभंग र गम्भीर प्रकारको रोगबाट सताइएका व्यक्तिका सन्तानलाई प्राविधिक शिक्षा र तालिम उपलब्ध गराउन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) लाई चयन गरेको छ । बुधबार वैदेशिक रोजगारीको क्रममा पीडित भएका व्यक्तिका सन्तानलाई प्राविधिक शिक्षा र तालिम सञ्चालनका लागि बोर्ड र सिटिइभिटीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका तर्फबाट कार्यकारी निर्देशक काफ्ले र सिटिइभिटीका तर्फबाट निर्देशक टेकबहादुर मल्लले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

बोर्डले तोकेको कोटा अनुसार प्राविधिक शिक्षा र तालिम सञ्चालनका लागि सिटिइभिटीको मापदण्ड अनुसार आवश्यक सबै रकम उपलब्ध गराउने काफ्लेले बताए । बोर्डले सञ्चालन गर्न लागेको प्राविधिक शिक्षा र तालिमका लागि आवश्यक पर्ने शिक्षण शुल्क, ड्रेस, आतेजाते भाडा सहित खाने र बस्ने सम्पूर्ण खर्च विद्यार्थीलाई निःशुल्क हुने उनले बताए।

बोर्डका अनुसार २०६५ यता वैदेशिक रोजगारीको क्रममा ६ हजारभन्दा बढीले गन्तव्य मुलुकमा ज्यान गुमाउनुका साथै अंगभंग भएका छन् । बोर्डले गत साउनयता वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका आफन्तलाई सात लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने गरेको छ । त्यसअघि त्यस्ता व्यक्तिका परिवारले बोर्डबाट तीन लाख रुपैयाँ सहयोग पाउँथे । साउनयता बोर्डले उपलब्ध गराउने सहयोग रकमको साथै बिमा कम्पनीले दिने क्षतिपूर्ति पनि वृद्धि गरिएको छ । हाल वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिका परिवारलाई बिमा कम्पनीले १५ देखि २० लाख रुपैयाँसम्म उपलब्ध गराउनुपर्ने प्रावधान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्