पृथ्वीनारायण शाहको जन्म दिनमा हुने भयो सार्वजनिक बिदा

<span class='c1'>पृथ्वीनारायण शाहको जन्म दिनमा हुने</span> <span class='c2'>भयो  सार्वजनिक बिदा</span>

काठमाडौँ (रासस)। सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसको स्वागत गरेको छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् वैठकले गरेको उक्त निर्णयले मुलुकमा सबै जातजातिकाबीच राष्ट्रिय एकता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

विगतमा उक्त दिनमा बिदाको प्रचलन रहेको भए पनि मुलुकमा सम्पन्न भएको दोस्रो जनआन्दोलनपछिका सरकारले सो बिदा कटौती गरेको थियो ।  सो पार्टीले स्थापनाकालदेखि नै पुस २७ गते सार्वजनिक बिदाको माग गरी एकता दिवस मनाउन सुझाव दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्