बितेका चार महिनामा देशभर ४५ बालबालिका बलात्कृत

<span class='c1'>बितेका चार महिनामा देशभर</span> <span class='c2'>४५ बालबालिका बलात्कृत</span>

काठमाडौँ, मङ्सिर १५ गते ।  बितेका चार महिनामा देशभर ४५ बालबालिका बलात्कृत भएको सञ्चार अनुगमनमा देखिएको छ ।  केन्द्रीय बालकल्याण समितिले साउनदेखि कात्तिकसम्म विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका तथा अनलाइनका समाचार अनुगमनका आधारमा तयार पारेको सञ्चार अनुगमन प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।  त्यस अवधिमा ४४ बालिका र एक बालक यौन दुव्र्यवहारमा परेका छन् ।  ती घटनामध्ये चार बालिकामाथि सामूहिक बलात्कार भएको छ भने ४१ बालिका बलात्कृत भएका छन् ।
सबैभन्दा बढी चिनजानका व्यक्तिबाट १७ बालिका बलात्कृत भएका छन् ।  छिमेकीबाट १५ बालिका बलात्कृत भएका छन् भने दुई घरेलु श्रमिक बालिका घर मालिकबाट बलात्कृत भएको तथ्य सार्वजनिक भएको छ ।  एक बालिका प्रहरीबाटै बलात्कृत भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्