झापामा रातको समयमा मुख्य बजार र राजमार्गमा सेनाको गस्ती

झापामा रातको समयमा मुख्य बजार र राजमार्गमा सेनाको गस्ती

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मतदानका दिन परिचालन गरिने सुरक्षा व्यवस्थाका लागि रणनीति बनाइसकिएको भएपनि त्यस अघि नै हुन थालेका बम विस्फोट लगायतका अवाञ्क्षित क्रियाकलापले सुरक्षा तैनाथी बढाइएको हो । केन्द्रीय सुरक्षा परिचालन नीति अनुसार झापामा २ हजार प्रहरी र २७५५ म्यादी प्रहरी गरी ४७५५ प्रहरी खटाइएको छ ।

जिल्लाको सुरक्षालाई मध्यनजर गर्दै अन्य जिल्लाहरुबाट समेत प्रहरी ल्याएर परिचालन गरिएको छ । त्यसका साथै निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि खटाइएको छ । विशेषगरी नेपाली सेनालाई रातको समयमा मुख्य बजार र राजमार्गमा गस्तीका लागि परिचालन गरिएको छ । त्यस्तै नेपाल प्रवेश गर्ने पूर्वी नाकामा पनि यस पटक विशेष सुरक्षा सतकर्ता अपनाइएको छ ।

झापामा २८३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोले झापा प्रहरीले तीन चरणमा विभाजन गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार झापामा ४९ वटा अतिसंवेदनशील, १०५ वटा संवेदनशील र १२९ वटा सामान्य गरी मतदान स्थलको विभाजन गरिएको छ ।

झापा क्षेत्र नम्बर ५ मा सबै भन्दा बढी १४ वटा अतिसंवेदनशील मतदान स्थल रहेको छ भने, क्षेत्र नम्बर ३ मा ११ वटा र बाँकी १, २ र ४ वटा क्षेत्रमा ८/८ वटा अतिसंवेदनशिल मतदानस्थल रहेको जनाइएको छ । पाँच निर्वाचन क्षेत्र रहेको झापामा आसन्न निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निवार्चित हुने र यसका लागि झापामा पाँच लाख ८५ हजार १६६ जनाले मतदान गर्नेछन् । निर्वाचनमा लगभग ५ हजार ५ सय कर्मचारी खटिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्