विराटनगर महानगरपालिका सडक कालोपत्रे गर्ने काम सुरु

विराटनगर महानगरपालिका सडक कालोपत्रे गर्ने काम सुरु

एसियाली बिकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास परियोजना अन्तरगत विराटनगर महानगरपालिका भित्रका सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।महानगर भित्रका ७४ किलोमिटर सडक कालेपत्रेको काम सुरु भएको हो पहिलो पटक नगर क्षेत्रको सडकहरु ४० एमएमएस फाल ककि्रट प्रयोगबाट स्तरबृद्धी गर्न लागिएको हो ।

विराटनगर महानगरपालिका वाड नम्बर ४ को कञ्चन केसलिया मार्ग, बरगाछी चादनी चोक हुँदै डीपीएससम्मको सिरोमणी पथ, दुग्धविकास सँस्थान पूर्व पुष्पलाल चोकसम्मको सडक र परोपकरा घाटसम्म पुग्ने सम्रट मार्ग र विराटनगर रानी छाला फ्याक्ट्री सडकमा पहिलो चरणमा काम सुरु गरिएको महानगरका मेयर भिम पराजुलीले जानकारी दिए । ठेकेदार कम्पनीले तीन महिना भित्र १५ किलोमिटर सडक कालोपत्रे र एक वर्षको अवधीमा ४५ किलोमिटर सडक कालोपत्रे गरी समय निर्धारण गरिएको छ ।२ अर्ब ६३ करोड रुपैयाँ लागतमा ठेक्का पाएको चाइनिज कम्पनी झोङहेङ कन्ट्रक्सन बेजिङले मझौला सहरी एकिकृत बातावरणीय सुधार परियोजनाले पूरा गर्न नसकेको काम यो परियोजनाले पुरा गर्ने छ ।

दुई बर्ष भित्र काम सक्ने ठेक्का पाएको कम्पनीले विराटनगरको मेनरोड सहित अन्य २०.८ किलोमिटर क्षेत्रमा ढलको पाइप विच्छयाउने, २६.५ किलोमिटर सडक निकास नाला निर्माण गर्ने र विराटनगरको चाङबारी पैनीको सात सय मिटर ठूलो नाला निर्माण पनि निर्माण गर्ने सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्