मोरङ सुरक्षाकर्मीद्धारा सिमावर्ती मतदान केन्द्र निरीक्षण

<span class='c1'>मोरङ सुरक्षाकर्मीद्धारा सिमावर्ती</span> <span class='c2'>मतदान केन्द्र निरीक्षण</span>

विराटनगर, १५ मंसिर । आगामी मंसिर २१ गते हुुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै मोरङका प्रहरी प्रमुुख तथा सहायक प्रमुुख जिल्ला अधिकारीको टोलीले शुक्रबार सिमावर्ति क्षेत्रमा रहेका मतदान केन्द्र तथा मतदान स्थलको अनुुगमन गरेको छ ।


मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी शेषनारायण पौडेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले रंगेली, दादरवैरिया, कर्सिया, चोप्राहा, सोराभागलगायत दर्जन स्थानमा रहेको मतदान स्थलको सुुरक्षा अवस्था बारे निरीक्षण गरेको छ ।
सुरक्षा निकायले जिल्लामा संवेदनशील, अतिसंवेदनशील तथा सामान्य गरेर वर्गिकरण गरी मतदानस्थलमा सुुरक्षा व्यवस्था सुुदृढ बनाएको जनाएको छ ।
सिमावर्ति क्षेत्रमा रहेको मतदानस्थलमा सुुरक्षा व्यवस्था थप बनाउने विषयमा सर्वसाधारणसंग टोलीले जानकारीसमेत लिएको थियो । टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विशेष प्रहरीका प्रमुुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्