उम्मेदवारको घरमा मध्यरातमा बम विस्फोट

<span class='c1'>उम्मेदवारको घरमा मध्यरातमा</span> <span class='c2'>बम विस्फोट</span>

कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१( का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ ।

बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विस्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताए ।

राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले बताए ।  जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारले उमेदवारको घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुनसक्ने भन्दै उक्त विषयमा अनुसन्धान गरिरहेको बताए । उमेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा सघाएको छ ।

शुक्रबार दिउँसो पनि शिवराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उमेदवारलाई लक्षित गरी रिमोट बम प्रहार भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्