गगन थापाका लागि डा. गोविन्द केसीले मागे भोट

गगन थापाका लागि डा. गोविन्द केसीले मागे भोट

 डा. गोविन्द केसीले गगन थापाका पक्षमा मतदान गर्न सबैसँग अपील गरेका छन् ।गगन थापाले ३ करोड नेपालीको स्वास्थ्यका बारेमा आफूहरुले थालेको अभियानमा सुरुदेखि नै साथ दिएर निष्कर्षमा पुर्याउन सक्रिय योगदान गरेको भन्दै केसीले थापाजस्तो व्यक्ति फेरि पनि जनताबाट चुनिएर आउनुपर्ने धारणा राखेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै केसीले यस्तो आह्वान गरेका हुन् । उनले देशमा पार्टी र तिनका शीर्ष नेता भ्रष्टाचारी र माफियातन्त्रलाई संस्थागत गर्न सक्रिय भएको पनि बताएका छन् ।

“देश कुनै पार्टी र भ्रष्ट नेताको पैतृक सम्पत्ति होइन,” केसीले भनेका छन्, “भ्रष्टाचार, माफियातन्त्र, दण्डहीनता संस्थागत भएको छ । यस्तै नेताहरुले गर्दा भएको हो । त्यसैले अब सही नेता चुनौं । ३ करोड नेपालीको हक हितमा बोल्न सक्ने नेता चुनौं । गगन थापाज्युजस्तो व्यक्ति फेरि निर्वाचित भएर आउनुभयो भने देशलाई अघि बढाउन सक्नुहुन्छ । उहाँलाई शुभकामना छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्