मोरङ, मंसिर १७ गते।मोरङको सुन्दर-हरैचा नगरपालिका १० स्थित त्रिवेणी चौकमा शनिबार अपरान्ह पोखरीमा डुबेर बालकको ज्यान गएको छ।
ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने रमेश अधिकारीको ३ बर्षिय छोरा रुपेश अधिकारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
अधिकारी अपरान्ह ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा अचानक डुबेका थिए।
डुबेर गम्भीर बनेका उनलाई उपचारकालागी सुकुना सामुदायिक अस्पताल लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको ईप्रकाले जनाएको छ।