नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

नयाँ शक्तिका उम्मेदवार एमालेमा प्रवेश

काठमाडौं, रासस । काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नयाँ शक्ति नेपालका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश सिंखडा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रेस चौतारी नेपाल काठमाडौँ र प्रेस सेन्टर नेपाल काठमाडौँको मिडिया डेक्सले  यहाँ आयोजना गरेको कार्यक्रममा उनले नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरे ।
नयाँ शक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका सिंखडालाई एमालेका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवकुमार नेपालले टीका र माला लगाएर पार्टी प्रवेश गराए । नेता नेपालले मुलुकको समृद्धि र विकासका लागि सम्पूर्ण कम्युनिष्ट एकताबद्ध हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्