मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु

<span class='c1'>मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री</span> <span class='c2'>सम्बन्धित क्षेत्रमा पठाउन सुरु</span>

विराटनगर, मंसिर १७। आगामी २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावका लागि आइतवारदेखि मोरङमा चुनाव सम्बन्धी आवश्यक सामग्री सम्बन्धित क्षेत्रमा पठाउन सुरु गरिएको छ ।क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जिल्लाका ६ वटै निर्वाचन क्षेत्रका लागि निर्वाचन अधिकृतको कार्यालयमार्फत चुनावमा प्रयोग हुने ६८ प्रकारका निर्वाचन समग्री निर्वाचन अधिकृतमार्फत निर्वाचन क्षेत्रमा पठाउन थालेको हो ।

निर्वाचमा प्रयोग हुने मतपेटिका, मतपत्र लगायतका सामग्री निर्वाचन स्थलतर्फ पठाउन थालिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सन्जेलले बताए ।

मोरङ-३ का मतदान अधिकृतहरुले आइतबार सामग्री बुझेर कर्मचारी तथा सुरक्षाकर्मी सहितको टोली निर्वाचन स्थलतर्फ परिचालन भएको कार्यालय प्रमुख सन्जेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्