आज साँझदेखि सीमा शिल गरिने

आज साँझदेखि सीमा शिल गरिने

बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी सोमबार साँझदेखि भारतसँग सीमा जोडिएको सीमा शिल गर्ने प्रहरीले जनाएको छ ।

निर्वाचनमा कुनै पनि आपराधिक गतिविधी हुन नदिन प्रहरीले भारतीय सीमा क्षेत्रमा रहेका प्रहरीसँग समन्वय गरी सोमबार साँझ ६ बजेदेखि २१ गते साँझ ६ बजेसम्म शिल गर्न लागिएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । सीमा क्षेत्रमा बिरामी बोकेका एम्वुुलेन्सलाई भने प्रवेश गर्न दिइनेछ ।

“निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य गर्न सुरक्षा निकायलाई सरकारको निर्देशन छ, त्यही अनुसार सुरक्षा परिचालन छ,” प्रवक्ता न्यौपानेले भने । त्यसैगरी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले सीमा क्षेत्रमा संयुक्त रूपमा सुरक्षा परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्