महेश बस्नेतको घरमा राखेको बम सेनाद्वारा निष्कृय

महेश बस्नेतको घरमा राखेको बम सेनाद्वारा निष्कृय

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका तर्फबाट उम्मेदवार महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा आइतबार राति बम भेटिएको छ । करिब ८ बजे बस्नेतको घरको मूल गेटमा ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बम निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उम्मेदवारको परिवार र स्थानीयलाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयले बताएका छन् । (बारखरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्