धनगढीमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

<span class='c1'>धनगढीमा फेला परेको</span> <span class='c2'>बम सेनाद्वारा निष्क्रिय</span>

धनगढी, रासस । धनगढी उपमहानगरपालिका–५ सुकुटी नालामा बनेको पक्की पुल छेउमा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार बिहान निष्क्रिय पारेको छ ।

प्रहरीले सर्च गर्दा बिहान फेला परेको बम सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटेल डिभोटीदेखि झण्डै ४०० मिटर पश्चिम रहेको उक्त खोला छेउमा प्रहरीले तालीम प्राप्त कुकुरको सहायताले सर्च गरेको थियो । यस घटनापछि सुरक्षा व्यवस्था कडा पार्नुका साथै सम्बन्धित व्यक्तिको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सो ठाउँमा अज्ञात समूहले बम राखेको हो । प्रधानमन्त्री देउवा डडेलधुराको चुनावीसभालाई सम्बोधन गरी आइतबार बम फेला परेको सोही बाटोबाट डिभोटी होटेल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्