मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने

मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको मतदानको मतगणना बिहीबार बेलुका ५ बजेबाट सुरु हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २१ गते दोस्रो चरणको मतदान सकिए लगत्तै पहिलो चरणमा मतदान भएका क्षेत्रको मतगणना सुरु हुने जानकारी दिएका छन् ।

उनले २१ गते पाँच बजेपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य सुरु हुने र दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि सुरु हुने जानकारी दिए ।

आयुक्त यादवले पहिलो चरणका मतपेटिका जिल्ला सदरमुकाममा रहेको र त्यो दलका प्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको निगरानीमा राखिएको पनि उनले जनाकारी दिए ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचारसंहितमा उल्लेख छ ।

मौन अवधिमा एसएमएस, सामाजिक सञ्जाल, विद्युतीय माध्यममार्फत समेत मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न पाइदैन ।

उनले राजनीतिक दल र उमेदवारबीच पहिलोको तुृलनामा आचारसंहिता पालनामा सम्यम र मित्रवत व्यवहार आयोगले पाएको बताए । यसले निर्वाचन सुरक्षामा सहयोग पुगेको जनाए ।
दोस्रो चरणको निर्वाचनका लागि कर्मचारीहरू मतदान केन्द्रमा पुग्ने क्रममा रहेको यादवले जानकारी गराए ।

“सरकारबाट निर्वाचनका लागि शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति आयोगले प्राप्त गरेको, मतदाताहरू पूर्ण सुरक्षित साथ मतदान गरेर घर फर्कने वातावरण रहेकाले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न हुनेमा आयोग विश्वस्त छ,” उनले भने ।

दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३४४ मतदान केन्द्र कायम गरिएको छ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी गराए ।

४७ जिल्लाका प्रतिनिधि सभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेश सभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्