निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आजबाट गरिने

निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आजबाट गरिने

दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवारदेखि दुई दिनसम्म बाँडिने निर्वाचन आयोगले जनाएको छ ।

दोश्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट दुई दिन मतदाताहरुले परिचय पत्र लिन सक्नेछन् । स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र लिइसकेका मतदाताले भने त्यही परिचय पत्र प्रयोग गर्न सक्ने जनाइएको छ । मतदाता परिचयपत्र बाँड्न निर्वाचन आयोगले आवश्यक जनशक्ति तथा सबै सामाग्रीको तयारी गरिसकेको जनाएको छ । दोश्रो चरण अन्तर्गत ७ वटा प्रदेशका ४५ वटा जिल्लामा बिहीवार हुने मतदानमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० जना मतदाता रहेका छन् ।

नयाँ मतदाता र स्थानीय तहको चुनावमा परिचय पत्र नलिएका पुराना मतदाताले बिहान ८ बजेदेखि पहिचान खुल्ने केही सरकारी कागजात देखाएर आ–आफ्ना मतदान केन्द्रबाट मतदाता परिचयपत्र लिन सक्ने पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्