पुर्वमा सशस्त्र प्रहरीले नै भारतीय गाडीको खुलेआम प्रयोग

पुर्वमा सशस्त्र प्रहरीले नै भारतीय गाडीको खुलेआम प्रयोग

सशस्त्र प्रहरीले नै सुनसरीमा सशस्त्र प्रहरीले चुनावको लागि भन्दै भारतीय नम्बर प्लेटका गाडीहरुको प्रयोग बढाएको हो । सशस्त्र सीमा सुरक्षा कार्यालय सुनसरीका माताहतमा कति भारतीय नम्बर प्लेटको गाडी प्रयोग भएको छ  भन्ने स्पष्ट तथ्यांक नभए पनि ६ वटा भारतीय नम्बरका गाडी उनीहरुले प्रयोग गरिरहेको देखिएको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प दुुहबीले बिआर ११ एच  २८०३ को भारतीय नम्बर प्लेटको गाडी चलाएको फेला परेको छ । भारतीय गाडी प्रयोग गर्नुको कारण बुझ्ने क्रममा बेसक्याम्प इन्चार्ज प्रहरी नायव उपरीक्षक विश्वबन्धु खड्काले आफूलाई केही थाहा नभएको बताउनुभयो ।

‘जिल्ला सुरक्षा समितिले निर्णय गरेर संचालनमा ल्याएको हुनसक्छ, यस बारेमा एसपी साबसँग बुझ्नु न’ उहाँले आग्रह गर्नुभयो । सशस्त्र सीमा सुरक्षा कार्यालय सुनसरीका एसपी ऋषिदेव कार्कीले जानकारी लिँदा उहाँले २÷४ वटा गाडी प्रयोग भएको स्वीकार गर्नुभयो । तर उहाँले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आफूहरुले भारतीय नम्बरका सवारी साधन प्रयोग गरेको हो कि होइन खुलाउन चाहनुभएन । एसपी कार्कीले यो भन्दा बढी बोल्नै नमिल्ने प्रतिक्रिया दिनुभयो ।

भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेर सशस्त्र प्रहरीले  भारतीय क्षेत्रको सुरक्षा गर्दै छ कि नेपाली भूमिको सरक्षा गर्दैछ भन्ने बारेमा आम नगरिक अन्यौलमा रहेको बताउँछन् । भारतीय नम्बर प्लेटका गाडीहरु सस्तो भाडामा पाइने भएपछि सशस्त्र प्रहरीले यसरी भारतीय नम्बर प्लेटको गाडी प्रयोग बढाएको हो । तर यसरी सशस्त्र प्रहरी चढेका गाडीहरु पक्राउ परेका तथा नियन्त्रणमा लिएको हुनसक्ने अनुमान गरिएको छ ।

एक त चुनावको बेला, अर्को भारतीय नम्बर प्लेटका गाडी सुरक्षा निकायले चढ्नु लज्जाको बिषय भएको पूर्व सुरक्षा अधिकारीहरु बताउँछन् । राष्ट्रिय सुरक्षाको सवालमा संवेदनशील हुनु पर्ने सशस्त्रले प्रयोग गरेको गाडी कस्तो हो अनुसन्धान हुनु पर्ने  सुरक्षाविदहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्