मोरङका सहायक सिडिओ शेषनारायण ‘ईन्डिग्रेटी आइडल’ को उत्कृष्ट पाँचमा

मोरङका सहायक सिडिओ शेषनारायण ‘ईन्डिग्रेटी आइडल’ को उत्कृष्ट पाँचमा

बिराटनगर १९ मंसिर । मोरंगका सहायक सिडियो शेषनारायण पौडल ईन्डिग्रेटी आइडल नेपाल २०१७ को उत्कृष्टा पाँचमा पर्न सफल भएका छन ।
चालु बर्षको उत्कृष्ट ईन्डिग्रेटी आइडल बन्नकालागि मनोनयन गरिएका एक हजार बीस जना मध्ये सिडिओ पौडेल छनौट भएर उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन ।
अध्यनशिल , मृदृभाषी र दुरदर्शी स्वभाव भएका धैर्यवान सिडिओ पौडेलले शाखा अधिकृतबाट सरकारी जागिर सुरु गरेका हुन । गृहमन्त्रालय लगायत पहाडी जिल्लाका सिडियो भएर नेतृत्व प्रर्दशन गरिसकेका पौडेल हाल मोरंगमा सहायक सिडिओका रुपमा कार्यरत छन ।
ईन्डिग्रेटी आइडलले उत्कृष्ट पाँच मध्येबाट एक जनालाई एसएमएस भोटका आधारमा सर्बोत्कृष्ट आइडल छनौट गर्ने छ । पौडेललाई भाट दिन चाहनेले २४ मंसिर राती १२ बजेसम्म मोवाइलमा आइआइएन टाइप गरि स्पेस दिएर शुन्य चार टाइप गरि चौतीस शुन्य शुन्य एक मा सेन्ट गर्नुपर्ने छ ।( मोवाइलको म्यासेज बक्समा गएर IIN टाइप गर्ने, स्पेस दिइ 04 टाइप गरी 34001 मा send गर्ने )ं यसैगरि पौडेलाई अनलाइनबाट http://www.integrityidol.org/countries/nepal/लगअन गरेर भोट गर्न सकिन्छ ।
ईन्डिग्रेटी आइडल नेपाल २०१७ का अन्य प्रतिस्र्धीहरुमा कृष्ण धिताल , शवराज बम , सृजना तिवारी र शबनम पाठक रहेका छन । मोरंगमा कार्यरत रहेका सिडओ प्रदिपराज कँडेल पनि ईन्डिग्रेटी आइडलको उत्कृष्ट घोषित भएका थिए ।
नेपालमा कार्यरत ईमान्दार , जनउत्तरदायी र कर्तव्यनिष्ठ कर्मचारीहरुको मुल्यांकन गरि प्रोत्साहन गर्नकालागि सुरु गरिएको यो आइडलको बेवसाइटका अनुसार २०१७ का पाँच प्रतिस्र्धी मध्ये शेषनारायण पौडेल र सृजना तिवारी बिच मुख्य प्रतिस्र्धा भैरहेको छ । सृजनाले १९ मंसिरसम्म एसएमएसबाट ३६ र अनलाइनबाट २१ प्रतिशत मत पाएकी छन । पौडेलले अनलाइनबाट २३ र २७ प्रतिशत एसएमएसबाट मत प्राप्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्