साताभित्रै प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिने , सीसीटीभी राखेर मतगणना

साताभित्रै प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक गरिने , सीसीटीभी राखेर मतगणना

काठमाडौं । प्रत्यक्षतर्फको मत परिणाम एक साताभित्रै आउने गरी मतगणना गर्न निर्वाचन आयोगले सम्बन्धित अधिकृतहरुलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले एक साताभित्रै सबै  मतपरिणाम सार्वजनिक गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिइएको बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्ना नहोस् भनेर निर्वाचन अधिकृतलाई सीसीटीभी राख्नको लागि पनि निर्देशन दिईएको उनको भनाई थियो ।

“मतगणना छिटोछरितो गर्नुपर्छ, यही अनुसार हामीले केन्द्रबाट निर्देशन जारी गरिसकेका छौं,” यादवले भने ।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने उनको आग्रह थियो । उनले थपे, “मौन अवधि सुरु भैसकेको छ, उमेदवारदेखि लिएर अरु सबैले पालना गर्नुपर्छ, सञ्चारमाध्यमले पनि पालना गर्नुपर्छ, म आँफै स्वयम् कार्यालयबाट घर जाने क्रममा बाटोमा देखिएका निर्वाचन प्रचारका सामाग्रीहरु समेत हटाउने गरेको छु, तपाईहरुले पनि यहाँ उपत्यकामा भएका पत्रकार साथीहरुले यो विषयमा विशेष ध्यान दिनुपर्यो ।”

त्यस्तै उनले मतदाता शिक्षालाई समेत प्रभावकारी रुपमा अघि बढाईएको विश्वास दिलाए ।

उनले भने, “मतदाता शिक्षा दुई किसिमको हुन्छ, एउटा निर्वाचन शिक्षा यो निरन्तर चलिरहन्छ, अर्को मतदान विशेष यो हामीले विभिन्न माध्यमहरु जस्तो रेडियो, टीभी, अनलाईनमार्फत गरिरहेका छौं, मतदाता परिचयपत्र वितरणमा समेत हामीले यो विषमा ध्यान दिएका छौं ।”

मौन अवधिमा आचारसंहिता विपरित काम भएको पाईए आयोगले कडाभन्दा कडा कारबाही गर्ने समेत यादवले चेतावनी दिए ।

कतिपय उमेदवारले त फोन तथा सामाजिक सञ्जालबाट समेत चुनावी प्रचारप्रसार गरेर भोट माग्ने काम गरिरहेका छन् नि यसलाई कारबाही गर्ने वा नियन्त्रण गर्नुहुन्छ भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने, “यो अब मोर इथिक्सभित्र पर्छ, आयोगको आग्रह छ कि आचारसंहिता पालना गर्नुहोस्, मौन अवधिको पूर्ण पालना गरेर सभ्य नागरिक बन्नुहोस्, यस सम्बन्धमा कानुनको अभाव छ, मोरल भ्याल्युभित्र पर्ने कुरा हो ।”

पहिलो चरणको निर्वाचनमा हिमाली, विगट स्थानमा हुँदापनि ६५ प्रतिशत मत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने यादवको अनुमान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्