ताप्लेजुङमा ३ घरमा आगलागी , ३५ लाख बराबरको क्षति

ताप्लेजुङमा ३ घरमा आगलागी , ३५ लाख बराबरको क्षति

बिराटनगर, मंसिर २० गते।ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ३ स्थित हाङपाङमा मंगलबार दिउँसो ३ वटा घरमा आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ।

दिउँसो साढे ३ बजे तिर सोही गाउँपालिका बस्ने देवमान याक्सोको घरमा अचानक आगलागी भई आगो फैलिएर छिमेकीको २ वटा घरमा समेत आगलागी भएको थियो।

आगलागीबाट देवमान याक्सोको घर तथा सुन चाँदी लगायत नगर ३२ हजार सहित अन्दाजी १२ लाख मुल्य बराबरको क्षति त्यस्तै छिमेकी बिक्लप याक्सोको घर, अन्नपात, लत्ता कपडा, सुनचाँदीका गहना र नगद २ हजार सहित अन्दाजी१३ लाखको क्षति र छत्र बहादुर याक्सोको घर लगायर सम्पूर्ण सर-सामान, लत्ताकपडा जलेर नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको पिडीतहरुले बताए।

आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्