इलाममा चन्दा संकलन गर्दै हिँड्ने १२ जना पक्राउ

इलाममा चन्दा संकलन गर्दै हिँड्ने १२ जना पक्राउ

इलाम । इलाममा स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा जिल्ला बाहिरका १२ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई जिल्लाको सूर्योदय नगरपालिका १ गोर्खे को मंगलबारेबाट पक्राउ गरिएको हो ।

गोर्खेको सिंहदेवी मतदान केन्द्र आसपासका स्थानीयबासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा गोर्खे प्रहरी चौकीको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा नेपाली सेनाबाट अवकास पाएका चितवनका बसन्तबहादुर बराल, मुक्तिनाथ अधिकारी, तनहुँका रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका तेजेन्द्र जिसी र कोपिला थापा, काठमाडौंका कृष्ण थापा र मिना केसी, तेह«थुमका कृष्णप्रसाद अधिकारी, संखुवासभाका अर्जुनकुमार गौ
तम र रमेश गौतमका साथै रुपन्देहीका माया पुलामी मगर रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीन थान नागरिकता, चार थान मतदाता परिचयपत्र र नेपाली चार हजार चार सय तथा भारतीय दुई हजार पाँचसय ७० रुपैंयाँ बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । चुनावको गतिविधि विरुद्ध लाग्दै आएका विप्लव नेतृत्वको नेकपाका १३ जना कार्यकर्तालाई यसअघि नै पक्राउ गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्