निर्वाचनको पूर्वसन्ध्यामा कञ्चनपुरमा एकको हत्या

निर्वाचनको पूर्वसन्ध्यामा कञ्चनपुरमा एकको हत्या

कञ्चनपुर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा कञ्चनपुरको दक्षिणी क्षेत्रमा एक जनाको हत्या भएको छ । मंगलबार राति पुनर्वास नगरपालिका– १० भीमबस्तीका ५० वर्षिय मेघसिंह धामीको हत्या भएको हो ।
छिमेकी किरियापुत्रीलाई कुरेर राति घर फर्कदै गरेका धामीको घरदेखि झण्डै एक सय मिटरको दूरीमा हत्या भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दलराम टमाटाले जानकारी दिए । उनका अनुसार मृतक धामीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको छ । प्रहरी निरीक्षक टमटाले घटनाको अनुसन्धान अघि बढाएको बताए ।
निर्वाचनको अघिल्लो दिन भएको धामीको हत्यापछि निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने पुनर्वासका स्थानीय आतंकित बनेका छन् । उक्त क्षेत्रमा कम्युनिष्ट गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडिरहेकी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगरसँग नेपाली कांग्रेसका नेता दिवानसिंह बिष्ट चुनावी प्रतिष्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्