निर्वाचनको दिन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतकर्तामा साथ रहन निर्देशन

निर्वाचनको दिन स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतकर्तामा साथ रहन निर्देशन

प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले देशैभरका सम्पूर्ण स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उच्च सतकर्तामा साथ रहन निर्देशन दिएका छन् । निर्वाचनको समयमा हुन सक्ने सम्भावित स्वास्थ्य समस्यालाई मध्यनजर गरेर स्वाथ्य संस्था र स्वास्थ्यकर्मीलाई उच्च सतकर्ताका साथ रहन निर्देशन दिइएको विभागका उपमहानिर्देशक चूडामणि भण्डारीले बताए  ।

देशैभरका मतदान केन्द्र नजिकैका स्वास्थ्यकर्मीमात्र नभई स्वास्थ्य संस्था पनि बिहानैबाट खोलेर स्वास्थ्य समस्या आए व्यवस्थापन गर्न र एम्बुलेन्स तथा औषधिलगायत अन्य सामग्रीसमेत तयारी अवस्थामा राख्न निर्देशन दिएको उपमहानिर्देशक भण्डारीले जानकारी दिए ।

निर्वाचनमा स्वास्थ्य संस्थामा कार्यरत प्राविधिक कर्मचारीले समेत २४ सै घण्टा सेवा दिनेछन् । प्रशासनतर्फका कर्मचारी भने निर्वाचनमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्