निर्वाचनका लागि बिराटनगरको सुरक्षा व्यवस्था कडा

निर्वाचनका लागि बिराटनगरको सुरक्षा व्यवस्था कडा

बिराटनगर मङ्सिर २०,  प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई धांधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न मोरङ प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मतदान स्थलमा हुन सक्ने सम्भावित कुनै पनि अप्रिय घटना तुरुन्त प्राप्त गर्न सक्ने र ब्यवस्थापन गर्न सहयोग पुग्ने उद्येश्यले जिल्ला प्रशासन कार्यालय मोरङमा चारवटै सुरक्षा संयन्त्र नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको जोइण्ट अप्रेसन सेल कन्ट्रोल रुमको व्यवस्था गरिएको छ ।

एकै स्थानमा स्थापना गरिएको कन्ट्रोल रुम जस्ले गर्दा सुचना प्रवाहमा सहयोग पुग्ने सीमा सुरक्षा कार्यालय विराटनगरका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले जानकारी दिनुभयोे । मोरङ जिल्लाभरीको सुचना एकै साथ कन्ट्रोल रुममा आउने भएकाले सुरक्षा निकायलाई काम गर्न सहज हुने उपरीक्षक शाहले बताउनु भयो । उहाँले मतदान स्थलमा खटिएका सुरक्षा टोलीबाट तुरुन्त सुचना प्राप्न हुने भएकाले अप्रिय घटना रोक्न सकिने बताउनु भयो ।
जनतालाई भयरहित बातावरणमा मतदान गर्नको लागि मोरङमा ब्यपक रुपमा प्रहरी शसस्त्र प्रहरी नेपाली सेना र अनुसन्धान सादा पोशाकका प्रहरीहरु परिचालन गरिएको छ । मतदातालाई सुरक्षित मतदान गर्नको लागि पहिलो घेरामा नेपाल प्रहरी म्यादी प्रहरी , दोस्रो घेरामा शसस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना परिचालन गरिने मोरङ प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनु भयो । उहाँले सवै जनशक्ति निर्वाचनमा खटाईएको र निर्वाचनमा कुनै पनि अवाञ्छित घटना नहोस भनेर आकस्मिक चेकजाँज साथै कुकुरबाट पनि जाँच भइरहेको बताउनु भयो ।

मतदान स्थलमा सुरक्षा ब्यवस्था कडा बनाईएको र सुरक्षा टोली अहोरात्र खटिएको उपरीक्षक विसीले जानकारी दिनु भयो । मोरङमा विषेश किसिमको सुरक्षा संयन्त्र परिचालन गरिएको र मतदाताहरुलाई ढुक्क भएर निर्वाचनमा भाग लिन उपरीक्षक विसीले आग्रह गर्नु भएको छ । सबैभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ३ सय मतदान स्थल र ७५८ मतदान केन्द्र रहेका छन् । मोरङमा सुरक्षाका दृष्टिकोणले ५० वटा मतदानस्थललाई अति संवेदनशील, ९९ वटा मतदान स्थललाई संवेदनशील र १ सय ५१ मतदान स्थल सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्