मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ

मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले लगाएको मौन अवधिको समयमा मतदाताहरुलाई आर्थिक प्रलोभनमा पार्ने बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन् । पर्साको पोखरिया क्षेत्र नम्बर ३ मा मतदातालाई आर्थिक प्रलोभन देखाएर मत किन्न खोज्दै गर्दा तीन जना बाम गठबन्धनका कार्यकर्ता पक्राउ परेका हुन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले तीन जना बाम गठबन्धनका कार्यकर्तालाई ३ लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अशोक रौनियार, बासु यादव र बृजेश पट्टेल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्