वाम गठबन्धनका कार्यकर्ताले नशामा होटेल तोडफोड

वाम गठबन्धनका कार्यकर्ताले नशामा होटेल तोडफोड

काभ्रेपलान्चोक । एमाले र माओवादीका संयुक्त उम्मेदवार काभ्रेपलान्चोक क्षेत्र २ अन्र्तगत प्रदेशसभा १ का चुनावी कमाण्डर तथा एमाले काभ्रेपलान्चोकका सचिवालय सदस्य कन्चन अधिकारीले रक्सीको मतमा ववण्डर गरेका छन् । काभ्रेपलान्चोक प्रदेशसभा १ का एमालेका उम्मेदवार लक्ष्मण लम्सालका चुनावी कमाण्डर अधिकारीले मंगलवार साँझ पाँचखालको एक रिसोटमा सो ववण्डर गरेका हुन् । चुनावी अंक गणित गर्नका लागि रक्सी र मासु सहित बसेको उनको टोलीको बैठकमा हात हालहाल भएपछि स्थितीलाई सामान्य बनाउँन कार्यकर्ताहरुलाई हम्मे हम्मे परेको थियो ।

चुनावको मौन अवधिमा अधिकारी सहितको टोली पाँचखालको एक रिसोटमा जमघटमा व्यस्त थियो । रक्सी, वियर र मासुको स्वाद लिदै निर्वाचन जित्ने रणनीतिमा लागेका उनीहरु नसाको सुरमा निक्कै मात्तिए र अन्तत कार्यकर्ता कार्यकर्ताबीचमै विवाद उत्पन्न भएपछि हानाहान मात्रै भएन कि वियर र रक्सीको बोतल नै फालाफाल भयो जस्को कारण सो रिसोटमा निक्कै बेर होहल्ला र तनाव भएको स्रोतको भनाई छ । अधिकारीलाई रक्सीको नशा चढेपछि कार्यकर्ताबीच नै विवाद उत्पन्न भएपछि उनले रक्सीको बोतल प्रहार गर्दै ववण्डर गरेका थिए र अवस्थालाई समान्य बनाउँन कार्यकर्तालाई केही घण्टा लागेको थियो ।

लम्साललाई जिताउन लाग्नु पर्ने व्यक्ति अधिकारीले रक्सीको वोतल मात्रै प्रहार गरेनन् कि रिसोर्टको सिसा नै फुटाएर ववाल गरे । जस्को कारण अहिले उनको पार्टीभित्रै तीव्र आलोचना भइरहेको छ । यसअघि पाँचखाल नगरपालिकामा मेयरका प्रत्यासी रुद्र बानियाँलाई हराएर महेश खरेललाई विजयी गराउन यिनै अधिकारीको भूमिका रहेको भन्दै एमालेबृत्तमै उनको चर्को आलोचना भइरहेको छ । उनले खरेलसँग मोटो रकम लिएर बानियाँलाई चुनाव हराएकै कारण प्रदेशको टिकटको दावी गरे पनि पाएका थिएनन् ।

रकमको पछि लाग्ने अधिकारीको बवण्डर फेरि के का लागि हो भनेर एमालेवृत्तमा यसले ठूलै हल्लीखल्ली मच्चिएको छ । सो प्रदेशमा एमालेका तर्फबाट प्रदेशसभाका लागि लक्ष्मण लम्साल र काँग्रेसका तर्फबाट सुन्दरमणी आचार्य चुनावी मैदानमा छन् भने प्रतिनिधि सभाको लागि एमालेबाट गोकुल वास्कोटा र काँग्रेसको तर्फबाट मधु आचार्य चुनावी प्रतिस्पर्धामा छन् ।(न्युज २४)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्