सप्तरी, रासस । सप्तरी क्षेत्र नं २ का उम्मेदवार रहेका संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका छन् ।
सप्तरीबाट उम्मेदवार रहे पनि मतदाता नामावली विराटनगरमा रहेकाले उनी मतदान गर्न विराटनगर पुगेका हुन् । उनले स्नातकोत्तर क्याम्पस मतदान केन्द्रबाट मतदान गरे । मतदानपश्चात् उनले मधेशीको हक र अधिकारका लागि मधेशी गठबनधन भएकाले मधेशी जनताले गठबन्धनलाई नै विजयी गराउनुपर्ने बताए ।