विप्लव नेतृत्व माओवादीका ६ जना कार्यकर्तालाई प्रहरीले पेस्तोल र बमसहित राजधानीबाट पक्राउ गरेको छ । विप्लव माओवादीको युवा दस्ता इन्चार्जसमेत रहेका रवि गोलेसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र चार वटा बम बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ । राजधानीको विभिन्न स्थानमा भएका बम विष्फोटमा उनीहरुको हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।