सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदा प्रहरीद्वारा हवाई फायर

सर्लाहीमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप हुदा प्रहरीद्वारा हवाई फायर

सर्लाहीको करौना गाउँपालिकामा दुई समूहबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ ।
मतदान जारी रहेका बेला कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको थियो । अहिले मतदान जारी रहेको कायमुकायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभएको छ ।

सर्लाहीको समग्र अवस्था सामान्य रहेको कटुवालले बताउनुभयो । थप झडप हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैबीच आज विहान भक्तपुरको बालकोटमा पनि नेपाली काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । एमालेका कार्यकर्ताहरुले काँग्रेस कार्यकर्ताको घर तोडफोड गरेपछि झडप भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्