मतदानस्थलमै ८२ वर्षीय कृष्ण कर्माचार्यको निधन

मतदानस्थलमै ८२ वर्षीय कृष्ण कर्माचार्यको निधन

काभ्रे, मंसिर २१ – काभ्रे बनेपाका ८२ वर्षीय कृष्ण कर्माचार्यको मतदानस्थलमै निधन भएको छ ।बिहान मतदान केन्द्र पुग्नुभएका उहाँ बेहोस भएर ढल्नुभएको थियो । बनेपा ४ नालाका कर्माचार्यलाई छोरा रामगोपाल कर्माचार्यले मतदान केन्द्र लैजानुभएको थियो ।

सुरक्षा चेकजाँच सकेर भित्र पस्नुभएका कर्माचार्यले हरियो मत्र समेत लिनुभएको थियो । तर उहाँ छाप लगाउनु नपाउँदै ढल्नुभएको छोरा रामगोपालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्