स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङे प्रदेश सभा सांसद निर्वाचित

स्वतन्त्र उमेदवारी दिएका दीपक मनाङे प्रदेश सभा सांसद निर्वाचित

काठमाडौं । प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ सांसदमा निर्वाचित भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए ।

राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प्रवेश गरेका थिए । एमालेले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका मनाङे एमालेकै समर्थनमा निर्वाचित हुन सफल भएका हुन् । एमालेका उमेदवारले सो क्षेत्रबाट उमेदवारी फिर्ता लिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्