मोरङमा ६५ प्रतिशत मत खस्यो , आजबाट मतगणना गरिने

मोरङमा ६५ प्रतिशत मत खस्यो , आजबाट मतगणना गरिने

विराटनगर, २२ मंसिर/ मोरङ जिल्लामा ६५ प्रतिशत हाराहारी मत खसेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । विहान ७ बजेदेखि साँझ पाँच बजे सम्म खसेको मतको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको हो । निर्वाचन कार्यालयका सूचना अधिकारी हेमन्तकुमार श्रीवास्तवका अनुसार ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङको प्रारम्भिक विवरण अनुसार ६५ प्रतिशत मत खसेको हो । उनका अनुसार मतदान सम्पन्न भएका स्थलको बाकस गणना स्थलमा ल्याइएको छ ।

६ वटा प्रतिनिधि तथा १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङका ग्रामिण क्षेत्रबाट गणनास्थल सम्म ल्याउनेकाम ब्भैरहेको छ । निर्वाचन अधिकृतको कार्यालयले विराटनगरको आदर्श स्कूलमा शुक्रवारदेखि मतगणना गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्