बझाङमा बाम गठबन्धन विजयी

<span class='c1'>बझाङमा बाम</span> <span class='c2'>गठबन्धन विजयी</span>

काठमाडौं । बझाङमा प्रदेशसभा सदस्यमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका छन् । केही समय अघि सम्पन्न मतगणनामा प्रदेशसभा ‘क’ र ‘ख’ दुबैमा कम्युनिष्ट गठबन्धनका उमेदवारहरु विजयी भएका हुन् ।

बझाङ ‘क’ मा एमालेका अर्जुनबहादुर थापाले १७ हजार ८६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार १९७ मत ल्याएकी छन् । त्यसै गरी बझाङ ‘ख’ मा माओवादी उमेदवार देवकी मल्ल १६ हजार ४४३ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी कांग्रेसका नरेशबहादुर सिँहले १४ हजार २४२ मत प्राप्त गरेका छन् ।

बझाङमा रहेका एक लाख चार हजार २७५ मतदाता मध्ये ६६ हजार २७३ मतदाताले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्