धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई विजयी

धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राई विजयी

धनकुटा, मंसिर २४ गते । एक प्रतिनिधिसभा रहेको धनकुटामा वाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले १० हजार ४५९ मतान्तरले लोकतान्त्रिक गठबन्धनका सुनीलबहादुर थापालाई पराजित गर्नुभएको छ ।

विजयी हुनुभएका राईले ३७ हजार ३३३ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ८५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले बताउनुभयो ।

जिल्लाको कूल एक लाख पाँच हजार मतमध्ये ६७ हजार ४०३ खसेको मुख्य निर्वाचन आयोगको कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्