यस्ताे छ माेरगंकाे प्रदेशसभा चुनावकाे पछिल्लाे अपडेट, अायाे मिश्रित नतिजा

<span class='c1'>यस्ताे छ माेरगंकाे प्रदेशसभा चुनावकाे</span> <span class='c2'>पछिल्लाे अपडेट, अायाे मिश्रित नतिजा</span>

प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न भएलगत्तै सुरु भएको प्रदेशसभाको मतपरिणाम मिश्रित आएको छ ।
प्रदेशसभा सवैभन्दा पहिले क्षेत्र नम्बर ६ को गणना थालिएको थियो । उक्त क्षेत्रमा प्रदेशसभाका दुईवटै क्षेत्रमा बामगठबन्धनका उम्मेदवार पराजित भएका छन् ।
नेपाली कांग्रेसबाट प्रदेशसभा १ मा चुमनारायण तवदारले बाम गठबन्धनका जीवन आचार्य र २ मा केदार कार्कीले रमेश प्रसाद पोखरेललाई हराएका हुन् । तबदारले २३ हजार ५ सय १३ मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी जिवन आचार्यले २१ हजार ४ सय ७० मत ल्याइ दोश्रो भए । यसै गरि केदार कार्कीले ११ हजार २ सय ९८ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी रमेश प्रसाद पोखरेलले ८ हजार १ सय २० मत प्राप्त गरे ।

क्षेत्र नं. ४ को प्रदेशसभा १ मा भने बामगठन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । १ मा माओवादी केन्द्रमा विजय कुमार विश्वास र २ मा नेकपा एमालेका जीवन घिमिरे विजयी भएका छन् । कांग्रेसका भक्तिनाथ माझी प्रदेश १ र विश्वनाथ रिजाल २ मा पराजित भएका हुन् । विश्वासले १८ हजार २ सय ८९ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्धन्द्धी भक्तिनाद माझिले १५ हजार २ सय २३ मत प्राप्त गरे ।
यसै गरि जिवन घिमिरेले १३ हजार ८ सय ५ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्द्धी विश्वनाथ रिजालले ११ हजार ६ सय २५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ का दुबै प्रदेश सभा सिटमा पनि बाम गठबन्धनले विजयी हासिल गरेको छ । त्यहाँको प्रदेशसभा १ मा माओवादी केन्द्रका कुलप्रसाद साम्बा विजयी भइसकेका छन् । उनले १९ हजार ५ सय ५४ मत प्राप्त गरे । यसै गरि उनका निकटतम प्रतिद्धन्द्धी ललित अधिकारीले १५ हजार २ सय ६३ मत प्राप्त गरे ।
यसै गरि क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा एमालेका उपेन्द्र प्रसाद घिमिरेले विजयी हासिल गरे । उनले १७ हजार १ सय १७ मत प्राप्त गरि विजयी हूँदा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका इश्वरी कोइरालाले १४ हजार ३ सय १० मत प्राप्त गरेका थिए ।

क्षेत्र नम्बर ३ को आइतबार विहानसम्मको मतपरिणाम अनुसार बाम र लोकतान्त्रिक गठबन्धनलाई १र१ वटा सिट बाँडिनसक्ने सम्भावना देखिएको छ । प्रदेशसभा १ मा माओवादी केन्द्रकी गीता तिम्सिना निरन्तर पछि परेकी छन् भने २ मा एमालेका राजकुमार ओझाले फराकिलो अग्रतामा अघि बढेका छन् ।
क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा कांग्रेसका शिवनारायण गनगाँईले निरन्तर अग्रता लिइरहेका छन् । उनले ११ हजार ७ सय ६६ मतले अग्रता लिइरहेका छन भने उनलाइ माओवादी केन्द्रका उम्मेद्वार गणेश उप्रेती (शुसील)ले ११ हजार ९८ मत ले पछ्याइरहेका छन् ।
यसै गरि क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका लिलाबल्लभ अधिकारी विजयउन्मुख छन् । उनले १३ हजार ८ सय ९६ मत ल्याएर अग्रता लिइरहेका छन् । यसै गरि नेपाली काँग्रेसका घणिन्द्र कुमार कुँवरले १३ हजार ३ सय ७० मत ल्याएर पछ्याइरहेका छन् ।

क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका ज्ञानेश्वर राजवंशी बलियो बन्दै गएका छन । उनले ९ हजार ९ सय ७१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी संघिय समाजवादी फोरमका विजय कुमार सिंह ले ७ हजार ८ सय मत प्राप्त गरेका छन् ।
यसै गरी क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा संघीय समाजवादी फोरमका जयराम यादवले शुरुवातदेखिनै अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ४ सय ५२ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजेश गुप्ताले ८ हजार ६ सय ८८ मत प्राप्त गरेका छन् ।

यसै गरी समानुपातिक तर्फकाे मतगणना पनि सुरू भएकाे जानकारी प्राप्त भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्