विजय जुलुसमा नै काँग्रेस र फोरमका कार्यकर्ताबीच झडप

<span class='c1'>विजय जुलुसमा नै काँग्रेस</span> <span class='c2'>र फोरमका कार्यकर्ताबीच झडप</span>

रौतहट—रौतहटको राजपुरस्थित फरहतुवामा नेपाली काँग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ। रौतहट-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मोहम्मद अफताब आलमको विजय जुलुस राजपुर, फरहतुवा आइपुग्दा फोरम कार्यकर्तासँग भेट भएको थियो।

रौतहट-२ प्रदेश सभा (ख) तर्फ विजयी भएका फोरमका रामकिशोर यादवको विजय जुलुस त्यहीँ थियो।

दुवै पक्षबीच झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन फायरिङ गरेको छ।

रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ। प्रहरीले हवाई फायर गरेपछि दुवै पक्षका कार्यकर्ता तितरबितर भएका छन्।

'झडपले अप्रिय रुप लिने देखिएपछि प्रहरीले बल प्रयोग गरेर दुवै पक्षलाई तितरबितर पारेको छ', एसपी पोखरेलले  भने,  'प्रहरीले ६ राउन्ड हवाइ फायर गर्‍यो। अहिले स्थिति पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।' (नागरिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्