उदयपुरमा आगलागीबाट ५ लाख बढीको क्षति

उदयपुरमा आगलागीबाट ५ लाख बढीको क्षति

उदयपुर, मंसिर २५ गते।उदयपुरको कटारी नगरपालिका-९ सिरवानी बस्ने कर्ण बहादुर आलेमगरको घरमा आइतबार आगलागी भएको छ।दिउँसो १२ बजे सोलारको तार सट भई अचानक लागेको आगोले उनको घर तथा घेर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी ५ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरी चौकी सोरुङछबिसेले जनाएको छ।

यता धनकुटाको चौबिसे गाँउपालिका-८ चौतारे बस्ने मिन प्रसाद लिम्बुको दुई तल्ले घरमा समेत आइतबार आगलागी भएको छ।

साँझ ६ बजेतिर अचानक सल्केकको आगोले उनको घर तथा घर भित्र रहेको सम्पुर्ण सामान समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्