गच्छदार र चौधरी कार्यकर्ताबीच झडप, मतगणना स्थगित

गच्छदार र चौधरी कार्यकर्ताबीच झडप, मतगणना स्थगित

सुनसरी–३ मा तिब्र प्रतिस्पर्दा चलिरहेको छ । तिब्र प्रतिस्पर्दा बीच मत गणनाका क्रममा २० रुपैयाँको नोट र अर्धकट्टी नच्यातिएको ९ मतपत्रमा रुख छाप हानिएको मतपत्र भेटिएपछि त्यसले अन्ततः झडपको रुप लिएको छ ।

अहिले मत गणना स्थल बाहिर बाम गठबन्धन समर्थित विद्यार्थी संगठन र काँग्रेसी नेविसंघ र तरुण दलका नेता तथा कार्यकर्ताहरुबीचमा झडप भइरहेको छ । बाहिर सुरक्षाका लागि कर्मचारी, म्यादी प्रहरी, सेना र सुरक्षाकर्मीहरु परिचालन भएपनि झडप रोक्न सकिरहेका छैनन् । मतगणना स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्