सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारले ५१९ मतले लिए अग्रता

सुनसरी क्षेत्र नम्बर ३ मा गच्छदारले ५१९ मतले लिए अग्रता

सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका विजयकुमार गच्छदारले ५१९ मतले अग्रता लिएका हुन् । ताजा मतपरिणाम अनुसार गच्छदारले ३६ हजार ८० मत ल्याएका छन् । एमालेकी उमेदवार भगवती चौधरीको ३५ हजार ५६१ मत प्राप्त गरेकी छन् ।

अब ४ वटा वडाको मत गणना गर्न बाँकी छ । जसमा स्थानीय निकायको निर्वाचनमा ३ वटा वडामा विजयकुमार गच्छदारको पार्टीले जितेको थियो । बाँकी एउटा वडामा एमालेले जितेको थियो । स्थानीय निकायमा खसेकै आधारमा भोट अहिले पनि खस्ने हो भने गच्छदार बलियो देखिन्छन् । अहिले दुहवी क्षेत्रको मतगणना भैरहेको छ । अब ६ हजार ८०३ मतगणना गर्न बाँकी छ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये अब बाँकी यो क्षेत्र मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्