उर्लाबारीमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारीमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङ, मंसिर २७,उर्लाबारी नगरपालिका ६ स्थित तरुण चौकमा मंगलवार मोटरसाईकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

बेलुका पौने ८ बजे उर्लाबारी-मधुमल्ला सडक खण्डमा मधुमल्लाबाट उर्लाबारी जाँदै गरेको मे ४ प ३९१७ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री उर्लाबारी नगरपालिका ६ बस्ने ३६ बर्षिय निलम पाण्डेलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाईते पाण्डेलाई उपचारकालागी अरनीको अस्पताल उर्लाबारी पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

त्यस्तै मोटरसाईकलमा सवार चालक मिक्लाजुङ गाउँपालिका ९ बस्ने २० बर्षिय मोहन कुमार श्रेष्ठ र पछाडी सवार सोही ठाउँकी २२ बर्षिया निशा गुरुङ घाईते भएकी छन्।

घाईते चालकको अरनी अस्पताल उर्लाबारी र गुरुङलाई थप उपचारकालागी बिराटनगरस्थित न्युरो अस्पताल ल्याईएको छ। मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्